काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का स्थायी समिति सदस्य पम्फा भुसाललाई मातृशोक परेको छ।
उनकी आमा इन्द्रकलाको सोमबार बिहान ९३ वर्षको उमेरमा आफ्नै निवास ललितपुरमा निधन भएको हो।
उनको निधनप्रति माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुःख व्यक्त गरेका छन्। अध्यक्ष दाहालले सोमबार सन्देश दिँदै दिवङ्गत आमाप्रति श्रद्धाञ्जलि अर्पणका साथ नेत्री भुसाललगायत शोकसन्तप्त सम्पूर्ण परिवारजनमा समवेदना प्रकट गरेका छन्।
सभामुख अग्निप्रसाद सापकोटाले पनि स्वर्गीय भुसालप्रति पशुपति आर्यघाट पुगेर श्रद्धाञ्जलि अर्पण गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।