काठमाडौं- वरिष्ठ अधिवक्ता शम्भु थापाले कसले विश्वासको मत पाउने नपाउने भन्ने राष्ट्रपतिले हेर्ने हो? भन्दै प्रश्न उठाएका छन्।
प्रतिनिधि सभा विघटन मुद्दामा सोमबार सर्वाेच्च अदालतको संवैधानिक इजलासमा जवाफी बहस गर्दै वरिष्ठ अधिवक्ता थापाले यो आधार राष्ट्रपतिले हेर्ने भए संसदको अधिकार के हो भनेर प्रश्न उठाए।
उनले शेरबहादुर देउवाको मात्र नभएर रिट हाल्ने १४६ जना सांसदको हक अपहरण गरिएको बताए।
'लिखित जवाफ र बहसमा यही आयाे। यदि हाे भने संसद्काे अधिकार के हाे त? याे शेरबहादुर देउवाको मात्र होइन १४६ सांसदकाे हक अपहरण गरिएकाे हाे', थापाले भने।
उनले देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिसमक्ष पेस गरिएको हस्ताक्षर कीर्ते नभएको दाबी गरे। यसअघि महान्यायाधिवक्ता रमेश बडालले सांसदको हस्ताक्षर कीर्ते भएको तर्क गरेका थिए।
'काे कहाँ छ, त्यहीँ सही गराउने हाे। कीर्ते छ भने कारबाही लगाउनुस् न? यो महान्यायाधिवक्ताकाे क्षेत्राधिकार होइन। कागज नमागी पनि गर्न सक्छन्। एउटा पानामा सकिएपछि अर्काेमा सही गर्ने हाे नि!', थापाले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।