काठमाडौं– प्रतिनिधि सभा विघटन विरुद्धको रिट दर्ता गर्दा प्रस्तुत गरेको हस्ताक्षर किर्ते भए मुद्दा चलाउन बरिष्ठ अधिवक्ता हरिहर दाहालले महान्यायाधिवक्तालाई चुनौती दिएका छन्।
रिट निवेदकका तर्फबाट जवाफी बहसमा उत्रिएका दाहालले यस्तो चुनौती दिएका हुन्। ‘महान्यायाधिवक्ता देशको कानुनी सल्लाहकार हो,’ बहसका क्रममा दाहालले भने, ‘उहाँसँग मुद्दा चलाउने/नचलाउने अधिकार छ, अनुसन्धान गर्न सक्नुहुन्थ्यो। नाम सच्याउने, टिपेक्स लगाउने र किर्ते गरेको प्रमाणित भए अनुसन्धान गरेर मुद्दा चलाउनु किन सक्नु भएन।’
सांसदहरुको हस्ताक्षर अर्कै प्रयोजनका लागि भएको महान्यायाधिवक्ताले दाबी गरेकाले दाहालले के प्रयोजनका लागि थियो भन्ने पुष्टि गर्नुपर्ने समेत बताएका थिए। ‘१४६ मध्ये कसले चाहिँ मेरो हस्ताक्षर अरु नै प्रयोजनका लागि थियो, दुरुपयोग भयो भन्नुभयो,’ बरिष्ठ अधिवक्ता दाहालले भने ‘मुद्दा चलाउने अधिकार पाएको व्यक्ति मुद्दा चलाउन छोडेर किन आरोप लगाउनतिर मात्र लाग्नुभयो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।