काठमाडौं- वरिष्ठ अधिवक्ता हरिहर दाहालले १४६ जना सांसद अदालतमा उपस्थित भएर रिट दर्ता गरेको भन्दै त्यसलाई ५ जनाको भन्न नमिल्ने बताएका छन्।
सोमबार प्रतिनिधि सभा विघटन सम्बन्धी रिटमा जवाफी बहस सुरु गर्दै वरिष्ठ अधिवक्ता हरिहर दाहालले १४६ जना अदालतमा उपस्थित भएर सनाखत गरेर रिट दायर गरेको र उनीहरुले स्वीकार गरेको कुरा अलग पानमा राखिएको बताए।
'१४६ जना उपस्थित भएर दर्ता गरेको रिटलाई ५ जनाको भन्न कसरी मिल्छ?' जवाफी बहसकका क्रममा उनले प्रश्न गरे।
सरकारी पक्षले रिटमा पाँच जनाको मात्र हस्ताक्षर रहेको जिकिर इजलासमा गरेपछि दाहालले अदालतमा उपस्थित हुन नसक्नेको वारेस राखिएको भन्दै पाँच जनाको मात्र रिट नभएको बताएका छन्।
सरकारी पक्षले पाँचजनाको मात्र हस्ताक्षर भएकाले १४६को नभइ पाँच जनाको रिट भएको दाबी र तर्क गलत भएको उनले इजलाससमक्ष जवाफी बहसमा भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।