फाइल तस्वीर
काठमाडौं- चिनियाँ राष्ट्रपति सी चिनफिङले मंगलबार आयोजना गर्न लागेको भर्चुअल छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने भएका छन्।
चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) स्थापनाको सय वर्ष पूरा भएको अवसरमा चिनियाँ राष्ट्रपतिले आयोजना गर्न लागेको छलफलमा प्रधानमन्त्री ओलीसहित नेपालका शीर्षनेता समेत सहभागी हुने भएका हुन्।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले मंगलबार छलफल हुने तय भए पनि समय भने निश्चित हुन बाँकी रहेको नेपाल लाइभलाई बताए।
छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत समेत सहभागी हुने तय भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।