काठमाडौं- संसद विघटनसम्बन्धी मुद्दामा जारी सुनुवाइमा अन्तिम बहस हुँदैछ। सुनुवाइ अन्तर्गत अब ४ घण्टा मात्र बहसको समय बाँकी रहेको छ।
रिट निवेदक तर्फका कानून व्यवसायीले जवाफी बहस सुरु गरेका छन् अब उनीहरुसँग २ घन्टाको समय बाँकी छ। आइतबार सभामुख पक्षका कानुन व्यवसायीले बहस सकाएसँगै रिट निवेदक पक्षका कानुन व्यवसायीले जवाफी बहस सुरु गरेका थिए।
निवेदक पक्षबाट आइतबार वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले बहस गरे। पक्षका कानुन व्यवसायीको जवाफी बहसका लागि ३ घण्टाको समय निर्धारण गरिएको छ।
आज रिट निवेदक पक्षका ३ जना वरिष्ठ अधिवक्ताले बहस गर्नेछन्। सोमबार वरिष्ठ अधिवक्ता शम्भु थापा, बद्रीबहादुर कार्की र हरिहर दाहालले रिट निवेदकका पक्षबाट जवाफी बहस गर्नेछन्।
पक्षका कानुन व्यवसायीको जवाफी बहस सकिएपछि एमिकस क्युरीले इजलासलाई राय दिने क्रम शुरु हुने छ। सर्वोच्चको संवैधानिक इजलासले एमिकस क्युरीका लागि २ घण्टाको समय छुट्याएको छ।
सर्वोच्च बारबाट एमिकस क्यूरीका रुपमा वरिष्ठ अधिवक्ताद्वय कोमलप्रसाद घिमिरे र प्रकाशबहादुर केसीलाई पठाएको छ भने नेपाल बारबाट राघवलाल वैद्य र उषामल्ल पाठकले बहस गर्ने छन्।
पक्षका कानुन व्यवसायीको २ घण्टा र एमिकस क्युरीको २ घण्टा गरी संसद विघटनको मुद्दामा अब ४ घण्टा मात्र बहस हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।