काठमाडौं- अमेरिकाका लागि नेपाली राजदूत युवराज खतिवडा मेक्सिकोका लागि गैरआवासीय राजदूत नियुक्त भएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले खतिवडालाई मेक्सिकोका लागि समेत गैरआवासीय राजदूतमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले बताएका छन्।
नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम उनलाई नियुक्ति गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।