काठमाडौं- नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले सार्वजनिक रुपमा माफी माग्नुपर्ने बताएको छ।
दलित भएकै कारण पत्रकार रुपा सुनारलाई कोठा नदिएको आरोप लागेकी सरस्वती प्रधानलाई 'लिफ्ट' दिएको विषयमा शिक्षामन्त्रीले सार्वजनिक माफी माग्नुपर्ने नेकपाले माग गरेको हो।
आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा र सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले राज्य नै उपस्थित भएर छुवाछूतलाई संरक्षण गरेको बताए।
'रुपा सुनार घटनामा शिक्षामन्त्रीले सार्वजनिक माफी माग्नुपर्छ भनेका छौं। अहिलेको २१औं शताब्दीमा छुवाछूत गर्न मिल्दैन। राज्य नै उपस्थित भएर छुवाछूतलाई संरक्षण गर्यो। यस्तो गर्न हुँदैनथियो भनेर प्रधानमन्त्रीलाई ध्यानाकर्षण गरेका छौं', प्रवक्ता विश्वकर्माले भने।
प्रधान महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट रिहा हुँदा मन्त्री श्रेष्ठ प्रहरी कार्यालय पुगेर सरकारी गाडीमा 'लिफ्ट दिई' उनलाई घरसम्म पुर्याएका थिए।
आइतबार नै रुपाले शिक्षामन्त्रीलाई बर्खास्त गर्न माग गर्दै सर्वाेच्च अदालतमा रिट दायर गरेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।