काठमाडौं- नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले वरिष्ठ नेता माधवकुमार नेपाललाई आफ्नै अध्यक्षविरुद्ध मुद्दा हालेर एकताको गीत गाउन कसरी सकेको? भन्दै प्रश्न गरेका छन्।
सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै उनले नेपालले एकता नचाहेको दर्शाउन यस्तो उल्लेख गरेका हुन्। पार्टी नेतृत्वका विरूद्ध गठवन्धनको वकालत गर्ने र त्यसमा ‘निष्ठापूर्ण प्रतिवद्धता’ जनाउने कार्य नेपालले गरिरहेको बताउँदै एकता सम्भव नरहेको संकेत गरेका हुन्।
उनले भनेका छन्, 'पार्टी नेतृत्वका विरूद्ध गठवन्धनको वकालत गर्ने- त्यसमा ‘निष्ठापूर्ण प्रतिवद्धता’ जनाउने; आफ्नो पार्टी अध्यक्षलाई प्रधानमन्त्रीबाट हटाई प्रतिपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन अदालतमा हस्ताक्षरसहित मुद्दा हाल्ने! अनि पार्टी एकताको गीत गाइरहने ! हत्तेरिका कसरी सकेको!'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।