फाइल तस्वीर
काठमाडौं– वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिको काँधमा राखेर बन्दुक पड्काएको बताएका छन्।
संसद विघटनसम्बन्धी मुद्दामा आइतबार रिट निवेदक पक्षका तर्फतबाट जवाफी बहस शुरु गर्दै वरिष्ठ अधिवक्ता श्रेष्ठले प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको काँधमा राखेर बन्दुक पड्काएको आरोप लगाएका हुन्।
गत पुस ५ गते गरिएको संसद विघटनको निर्णय उल्ट्याउँदै सर्वोच्चले प्रधानमन्त्रीको अधिकारको समेत व्याख्या गरेका कारण प्रधानमन्त्री ओलीले यसपटक राष्ट्रपतिको 'काँधमा राखेर बन्दुक पड्काएको' श्रेष्ठले टिप्पणी गरे।
'केपी ओलीले राष्ट्रपतिको काँधमा राखेर बन्दुक पड्काउनु भयो। अघिल्लो पटक प्रमको अधिकारबारे व्याख्या गरेकै हो। उक्त व्याख्याअनुसार विघटन गर्न नसकेपछि अहिले यसरी (राष्ट्रपतिलाई अगाडि सारेर) विघटन गरिएको हो,' वरिष्ठ अधिवक्ता श्रेष्ठले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।