काठमाडौं- वरिष्ठ अधिवक्ता श्याम खरेलले एकपटक असफल भएका प्रधानमन्त्री केपी शर्मा ओली फेरि कसरी सफल हुन्छन् भनेर इजलासमा प्रश्न उठाएका छन्।
प्रतिनिधि सभा विघटन मुद्दामा आइतबार सर्वाेच्च अदालतको संवैधानिक इजलासमा बहस गर्ने क्रममा उनले एउटै व्यक्ति पटक पटक रहने किन नरहने भन्दा पनि नेतृत्व गर्न असफल भएका प्रधानमन्त्री ओली फेरि कसरी सफल हुन्छन् भनेर प्रश्न उठाए।
'जनताले त बहुमत दिएकाे हाे। आफ्नै पार्टीका मनिसलाई त राख्न सक्नु भएन। संसद्लाई छल्ने कार्य गर्न कसैले सक्दैन। राष्ट्रपतिले संविधान उल्लंघन गर्नु भयाे। संविधान र संघीय कानुनले दिएकाे भन्दा बढी कसैले प्रयाेग गर्न पाउँदैन', उनले भने, 'धारा ७६ (३) काे प्रधानमन्त्रीले विश्वासकाे मत लिने कि नलिने विवाद देखियाे। यसलाई छलियाे। ४ अनुसार जाँदा विश्वासकाे मत पाउने देख्दिनँ भन्ने प्रधानमन्त्रीको लिखित जवाफ आयो।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।