काठमाडौं– संसद विघटनसम्बन्धी मुद्दामा जारी सुनुवाइअन्तर्गत सभामुख अग्नि सापकोटाका कानुन व्यवसायीको बहस सकिएको छ।
सभामुखका कानुन व्यवसायीको बहस सकिएपछि अब रिट निवेदक पक्षका कानुन व्यवसायीको जवाफी बहस शुरु भएको छ। जवाफी बहस शुरु गर्नु अगाडि पक्षका कानुन व्यवसायीलाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहित संवैधानिक इजलासका न्यायाधीशहरुले ७ वटा प्रश्न सोधेका छन्।
प्रधानन्यायाधीश राणा र न्यायाधीश ईश्वर प्रसाद खतिवडाले बहसमा जवाफ आउनुपर्ने भन्दै पक्षका कानुन व्यवसायीलाई ७ प्रश्न सोधेका हुन्।
यी हुन् पक्षका कानुन व्यवसायीलाई सोधिएका ७ प्रश्न–
न्यायाधीश खतिवडाले सोधेका प्रश्न–
१) शेरबहादुर देउवाले राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीको दाबी पेस गर्दा नक्कली कागजात पेस भएको, केरमेट गरिएको, टिपेक्स लगाएको आरोप छ?
२) १४६ जनाको रिटमा ५ जनामात्र निवेदक थिए। यो खारेज हुनुपर्ने थियो?
३) संवैधानिक इजलाशमा आउने प्रक्रिया पूरा भएन?
यसरी कानुनी रित पुगेन?
४) निवेदकबाट व्याख्या भएअनुसार धारा ७६ (५) हुने हो भने निर्दलीय व्यवस्था हुन्छ भन्ने आयो। पञ्चायती अभ्यास र निर्दलीयलाई कसरी हेर्ने ?
५) अदालतले प्रम नियुक्त गर्ने हो? संविधानको आफ्नै प्रक्रिया छ। अदालतले के गर्ने हो?
प्रधानन्यायाधीश राणाले सोधेका प्रश्न–
६) संविधान कार्यान्वयनमा अदालतको व्याख्या प्रजातन्त्र भएका देशमा कसरी गर्ने ? संविधानलाई यसले सहयोग गर्ने कि नगर्ने ?
७) निवेदकले जुन सदस्य लिएर दाबी गर्नुभयो। यो निवेदनको फिगरले संविधानले दलीय व्यवस्था र दलीय व्यवस्थालाई क्षत विक्षेत पार्छ कि पार्दैन? यसले दलीय व्यवस्था र संविधानलाई बलियो बनाउँछ कि बनाउँदैन?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।