काठमाडाैं- नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले प्रदीप पौडेललाई प्रवक्ता तोकेको छ।
केन्द्रीय सदस्य एवं क्रियाशील सदस्यता छानबिन समितिका सदस्य पौडेललाई प्रवक्ताको जिम्मेवारी दिइएको हो।
समितिको औपचारिक धारणा सार्वजनिक गर्न पौडेललाई प्रवक्ताको जिम्मेवारी दिइएको समितिद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ।
केन्द्रीय सदस्य रमेश लेखक संयोजक रहेको समितिले क्रियाशील सदस्यतामाथि छानबिन गरिरहेको छ। सात सदस्यीय समितिमा लेखकसहित र पौडेलसहित आनन्द ढुंगाना, श्याम घिमिरे, कल्याण गुरुङ, योगेन्द्र चौधरी र जीवन परियार सदस्य रहेका छन्।
समितिले असार मसान्तभित्र सदस्यता छानबिन टुंग्याएर केन्द्रीय समितिलाई अन्तिम सूची बुझाउने छ। महाधिवेशन कार्यतालिकामा भने छानबिन समितिलाई आजसम्मको म्याद दिइएको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।