काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले सरकार गठनको विकल्प भनेको के हो भनेर इजलासमा प्रश्न गरेका छन्। प्रतिनिधि सभा विघटन मुद्दामा आइतबार सभामुख अग्निप्रसाद सापकोटाका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता उपेन्द्र केशरी न्याैपानेलाई यस्तो प्रश्न गरेका हुन्।
उनले वैकल्पिक सरकार गठनको अवस्था रहँदासम्म प्रतिनिधि सभा विघटन हुँदैन भनिएको भन्दै सोधे- 'वैकल्पिक सरकार गठनकाे अवस्था रहँदा, हुँदासम्म विघटन हुँदैन भनियाे। याे एमाले भित्रकाे विकल्प हाे कि अरु दलको?'
प्रधानन्यायाधीश राणले अहिले नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवालाई प्रधानमन्त्री दाबी गर्न नेकपा एमालेका २३ जनाले हस्ताक्षर गरेको भन्दै याे प्रक्रियाले वैकल्पिक सरकार गठनकाे अवस्था रहेसम्म भन्ने सिद्धान्तसँग मिल्छ? भनेर प्रश्न गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।