काठमाडौं- सभामुखका कानुन व्यवसायीलाई प्रधानन्यायाधीशले सर्वाेच्चमा रिट निवदेन पेस गरेका १४६ 'सांसद'भित्र भद्रगोल छ यस्तो अवस्थामा के गर्ने भनेर सोधेका छन्।
प्रतिनिधि सभा विघटन मुद्दामा आइतबार सुनुवाइका क्रममा उनले सभामुखका कानुन व्यवसायी मेघराज पोखरेललाई उनले यस्तो प्रश्न गरेका हुन्।
'तपाईंले एकाउन्टेबेलीको कुरा गर्नु भो। अहिले त १४६ भित्र भद्रगोल छ नि त! योभित्र मोरालिटी लागू हुन्छ कि हुँदैन? याे दुवै पक्षलाई लाग्ला नि? यहाँ त भद्रगाेल छ नि!', प्रधानन्यायाधीश राणाले हाँस्दै भने।
जवाफमा पोखरेलले प्रधानमन्त्रीकाे यसमा धेरै दायित्व हुने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।