काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाका कानुन व्यवसायीले संविधानको धारा ७६ (५)मा दलीय ह्वीप नलाग्ने तर्क गरेका छन्। प्रतिनिधि सभा विघटन मुद्दामा आइतबार सर्वाेच्च अदालतको संवैधानिक इजलासमा बहस गर्दै अधिवक्ता मेघराज पोखरेलले यस्तो तर्क गरेका हुन्।
उनले २०७२ सालकाे संविधानमा प्रतिनिधि सभा विघटन गर्ने अधिकार संविधानमा कटाैती गरिएकाे बताए। '७६(५) मा ह्वीप लाग्छ भनेर लेखेकाे छैन।संसदभित्रकाे प्रक्रियामा मात्र ह्वीप लाग्ने हाे । याे उपधारामा ह्वीप लाग्न पनि हुँदैन। संविधानकाे व्यवस्था के हाे यही लागू हुनु पर्छ', उनले भने।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले भारतको उदाहरणसँग के सम्बन्ध छ भनेर प्रश्न गरे।
'हामी संवैधानिक अभ्यासमा छाैं। समय अनुसार संवैधानिक अभ्यास पनि रुपान्तरण हुन्छ। भारतकाे उदाहारणसँग के सम्बन्ध छ? धारा ७६ (५) काे व्याख्या के हो?, राणाले सोधे।
जवाफमा पाेखरेलले संविधानले फिक्स टर्मकाे व्यवस्था गरेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।