काठमाडाैं- भारतले मध्यपूर्वबाट हुने कच्चा पेट्रोलियम पदार्थको आयातमा ठूलो मात्रामा कटौती गरेको छ।
विश्वकै तेस्रो ठूलो पेट्रोलियम पदार्थ आयातकर्ता भारतले आपूर्तिलाई सहज बनाउन गरेको आग्रहलाई मध्यपूर्वका देशहरुले बेवास्ता गरेपछि आफ्ना उर्जा स्रोतहरुको विविधता खोज्दै आयातमा कटौती गरेको हो।
भारतले सन् २०१९ अप्रिलमा ६७ दशमलब ९ प्रतिशत पेट्रोलियम पदार्थ आयात गरेकाे थियो। तर, गएको महिना कूल आयातको ५२ दशमलव सात प्रतिशतमा झरेको छ।
पछिल्लो समय भारतीय प्रशोधनकर्ताहरुले अमेरिका, ल्याटिन अमेरिका तथा भूमध्यसागरीय देशहरुबाट पेट्रोलियम पदार्थको आयात बढाएका छन्।
यद्यपि, भारतले आफ्नो दोस्रो ठूलो तेल आपूर्तिकर्ता साउदी अरबबाट गएको वर्षभन्दा यो वर्ष एक चौथाइ कम आयात गरेको छ।
भारतमा पेट्रोलियम पदार्थ आपूर्तिको हिसाबले तेस्रो स्थानमा रहेको यूएई अहिले सातौँ स्थानमा पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।