काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी कात्तिकमा महाधिवेशन गर्ने भएको छ। राप्रपाले आगामी कात्तिक २७ देखि ३० गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको हो।
शनिबार बसेको केन्द्री निर्देशन समितिको बैठकले कात्तिक २७ देखि ३० गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको हो।
राप्रापाले यसअघि जेठमा महाधिवेशन गर्ने भनेको थियो। तर, कोरोना भाइरसको महामारीका कारण महाधिवेशन सारिएको थियो।
शनिबारको बैठकले महाधिवेशन कार्यतालिका समेत पारित गरेको राप्रपाका नेताहरुले जानकारी दिएका छन्। शनिबारको बैठकले पारित गरेको कार्यतालिकामा वडादेखि जिल्ला तहको अधिवेशन भदौ महिनाभित्र गरिसक्ने लक्ष्य लिइएको छ।
यस्तै, असोज ७ गतेसम्म सक्रिय सदस्यता वितरण गरिसक्ने र प्रदेश अधिववेशन पनि असोज १५ गतेसम्म गरिसक्ने लक्ष्य लिइएको छ।
शनिबारको बैठकमा अध्यक्षत्रय कमल थापा, पशुपति शमशेर जबरा र प्रकाशचन्द्र लोहनी उपस्थित थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।