काठमाडौं– नेकपा एमालेले आगामी साउन २५ देखि २७ गतेसम्म विधान महाधिवेशन गर्ने भएको छ। शनिबार बसेको केन्द्रीय कमिटीको बैठकले यस्तो निर्णय गरेको हो।
विधान महाधिवेशन अगाडि असार मसान्तसम्म पार्टी सदस्यता नवीकरण गर्ने र साउन ५ गतेसम्म केन्द्रीय कार्यालयमा अन्तिम नामावली दिने निर्णय भएको छ।
अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन तयार पार्ने तथा महासचिव ईश्वर पोखरेलले सांगठनिक, विष्णु पौडेलले विधान र रामबहादुर थापा (बादल)ले व्यवस्थापन प्रतिवेदन तयार पार्ने जनाइएको छ।
एमालेले भदौ ५ गतेसम्म सबै वडाहरुको र भदौ १५ गतेसम्म सबै पालिकाहरु अधिवेशन गर्ने निर्णय गरेको छ।
शनिबारको बैठकले विभागहरुको सन्दर्भमा निर्णय गरेर स्थायी कमिटीले अन्तिम रुप दिने र सबै पार्टी पंति निर्वाचनको तयारीमा जुट्ने निर्णय गरेको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।