काठमाडौं– नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले वरिष्ठ नेता माधव कुमार नेपालले भनेजस्तै पार्टीलाई जेठ २ गतेको अवस्थामा पुर्याउनुपर्ने मागलाई स्वीकार्न नसकिने बताएका छन्।
शनिबारको केन्द्रीय कमिटी बैठकमा आफूले पेस गरेको संगठनात्मक प्रतिवेदनका सन्दर्भमा जवाफ दिने क्रममा महासचिव पोखरेलले माओवादी केन्द्रबाट आएका 'नेताहरु' बाहिरिनुपर्ने गरी जेठ २ को मागलाई स्वीकार्न नसकिने बताएका हुन्।
'जेठ २ को लेजिटिमेन्ट र एकताको स्पिरिड सहितको एमाले हो यो । जेठ २ पछि थपिएका ४१ जना (केन्द्रीय सदस्य)को केसमा सबै नेताहरूको हस्ताक्षर छ । सहमति भएको हो,' नेता पोखरेलले भने।
महासचिव पोखरेलले जेठ २ भनेर पार्टी एकता र संगठनलाई कमजोर पार्न नसकिने बताए।
'पार्टीविरूद्ध लागेकाहरूलाई सोही पदको जिम्मेवारी दिन सकिँदैन, तपाईंहरु आफ्नो ठाउँमा त्यही अनुसार काम गर्नुहोस्,' महासचिव पोखरेलले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।