काठमाडाैं- अमेरिकामा दुई पाइलट सवार बोइङ ७३७ कार्गो विमान दुर्घटनामा परेको छ। इन्जिनमा समस्या उत्पन्न भएपछि अमेरिकाको हवाईस्थित समुन्द्री तटनजिकै विमान पानीमा खसेको हो।
उक्त विमान होनोलुलुबाट माउइ टापुतर्फ गइरहेको थियो। तर, ड्यानियल के इनोए अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको केहीबेरमै पानीमा खसेको हाे।
तटरक्षक सुरक्षा फौजका अनुसार स्थानीय समयअनुसार शुक्रबार बिहानै विमान समुद्रमा खसेपनि दुवै पाइलटको सकुशल उद्धार गरिएको छ।
उद्धारकर्ता दुर्घटना स्थलमा जाँदा एकजना पाइलट जहाजको पुच्छर समातेर पानीमा तैरिरहेका थिए। हवाई न्यूज नाउले ती पाइलटलाई क्वीन्स मेडिकल सेन्टरमा पुर्याएर सघन उपचार कक्षमा राखेकाे जनाएकाे छ।
एक पाइलटले एअर ट्राफिक कन्ट्रोललाई नम्बर १ इन्जिन बिग्रेको जानकारी दिएका थिए। उनीहरुले अर्को इन्जिन पनि खराब हुन गइरहेको र असाध्यै तातेको जानकारी समेत दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।