काठमाडौं– नेकपा एमालेको केन्द्रीय कमिटी बैठक शुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक शुरु भएको हो।
शनिबारको बैठकमा महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रतिवेदन पेस गरेका छन्। सांगठनिक प्रस्ताव पेस गर्दै पोखरेलले आगामी वैशाखअघि नै महाधिवेशन गरिसक्नुपर्ने कानुनी बाध्यता भएकाले गतिविधि सुरू गर्नुपर्ने बताएका छन्।
पोखरेलको प्रतिवेदनमा दशौं महाधिवेशन प्रयोजनका लागि असार २५ गतेभित्र विधान मस्यौदा प्रस्ताव मातहतका कमिटीमा पठाउने विषय उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।