काठमाडौं- एक साइबर-सुरक्षा फर्मका अनुसार, लगभग २ सय अमेरिकी कम्पनी एक ठूलो साइबर हमलाबाट प्रभावित भएका छन्।
हन्ट्रेस ल्याब्सका अनुसार ह्याकर्सले आफ्नो सफ्टवेरबाट आईटी कम्पनी कासियालाई निशाना बनाएर कासियाको कर्पोरेट नेटवर्कलाई प्रयोग गर्ने कम्पनीलाई लक्षित गरिएको थियो।
कासियाले आफ्नो वेबसाइटमा एक सूचना राख्दै आफूहरुले "सम्भावित हमला" को जाँच गरिरहेको जनाएको छ। हन्ट्रेस ल्याबले यस हमलाको पछि रुससँग सम्बन्ध रहेको ह्याकरहरुको संलग्नता रहेको दाबी गरेको छ।
साइबर सुरक्षाका लागि जिम्मेवार अमेरिकाको एक संघीय एजेन्सीले उक्त हमलाको जाँच गर्ने जनाएको छ। साइबर हमलाको जानकारी शुक्रबार दिउँसो आएको बीबीसीले जनाएको छ।
कासियाका अनुसार धेरै कम्पनी यो साइबर आक्रमणबाट प्रभावित भएको छ तर हन्ट्रेल ल्याब्सका अनुसार दुई सय भन्दा धेरै कम्पनी प्रभावित भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।