काठमाडौं- बेलायती अर्बपति तथा भर्जिन ग्यालाक्टिक कम्पनीका प्रमुख रिचार्ड ब्रान्सनले आगामी जुलाई ११ मा अन्तरिक्ष यात्रामा निस्कने घोषणा गरेका छन्।
ब्रान्सनले आफ्नै रकेट प्लेटमार्फत् जुलाई ११ मा अन्तरिक्ष यात्रा गर्ने योजना बनाएका हुन्।
उनले आफ्नो ट्वीटरमा लेखेका छन्, ‘म सधै सपना देखिरहने मानिसको रुपमा रहेँ। मेरी आमाले मलाई कहिल्यै पनि हिम्मत नहार्न र नक्षत्रमा पुग्न सिकाउनुभयो। जुलाई ११ तारेख त्यो सपनालार्य यथार्थमा परिणत गर्ने दिन हो भर्जिन ग्यालाक्टिकको अर्को अन्तरिक्ष उडानमार्फत्।’
ब्रान्सनको अन्तरिक्ष यात्रामा चाहीँ उनीसमेत चार जना हुनेछन्। जसमा यसअघिका परीक्षण उडान गरिसकेका कम्पनीको तालिम विभाग प्रमुख बेथ मसेसका साथै कम्पनीकै अन्य दुई कर्मचारी कोलिन बेन्नेथ र सिरिशा बन्दला रहेका छन्।
यद्यपि, भर्जिन ग्यालाक्टिकले वर्षौँ अगाडि देखि नै व्यवसायिक अन्तरिक्ष उडानको योजना बनाएको छ। तर, सन् २०१४ मा परीक्षण उडानका क्रममा भएको घातक दुर्घटना लगायतले गर्दा यसको नियमित उडान अझै सुरु हुन सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।