Vianet Content Block Ad new Vianet Content Block Ad new
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, चैत १०, २०८२ Tue, Mar 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

ओलीका वकिलले एउटै तर्क गरिरहेपछि प्रधानन्यायाधीशले भने- नयाँ कुरा केही छ?

64x64
नेपाल लाइभ शुक्रबार, असार १८, २०७८  २२:५७
1140x725

काठमाडौं- प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी सुनुवाइमा शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीका नौ जना कानुन व्यवसायीले बहस गरे।

योसँगै प्रधानमन्त्रीको तर्फबाट २१ जना कानुन व्यवसायीले संवैधानिक इजलासमा आफ्नो तर्क राखेका छन्। आजको बहसमा प्रधानमन्त्री ओलीका कानुनी सल्लाहकार बाबुराम दाहालदेखि वरिष्ठ अधिवक्ताहरूले आफ्नो तर्क राखे।

वरिष्ठ अधिवक्ता रमेश गुरागाईंले सुरू गरेको बहस अधिवक्ता अनन्तराज लुइँटेलले समाप्त गरे। यसरी बहस गर्ने अधिकांश कानुन व्यवसायीले एउटै कुरा दोहोर्‍याउन थालेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले पटक-पटक नयाँ कुरा भन्नुस् भन्दै हस्तक्षेप गरेका थिए। 

वरिष्ठ अधिवक्ता गुरागाईंले रिटमा राष्ट्रपतिलाई विपक्षी नबनाएकाले कुनै पनि आदेश जारी गर्न नहुने बताए। प्रतिनिधि सभा पुनःस्थापना भए पनि सरकार बन्नसक्ने अवस्था नभएको उनले दाबी गरे। अदालतले विघटन बदर गरेमा अस्थिरता हुने र देश अग्रगामी कोर्समा नजाने उनको तर्क थियो। निर्वाचनमा जाने हो भने जनताले नयाँ प्रतिनिधि छान्न पाउने दाबी उनले गरे। एक वर्षपछि फेरि निर्वाचनमा जानैपर्ने भएकाले अहिले नै निर्वाचनमा जाँदा राम्रो हुने उनले बताए।

उनीपछि बहसका लागि वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारी उठे। अधिकारीले संसदीय दलको नेताको हैसियतले ओलीले धारा ७६ को उपधारा (५) अनुसार दाबी गरेको बताए। धारा ७६ (५) को आधार छ कि छैन भनेर राष्ट्रपतिले हेर्ने र अहिले पनि यही प्रक्रिया पालना भएको उनले दाबी गरे। दोहोरो दाबीमा विश्वासको मत नपाउने नदेखेपछि दुवैको दाबीलाई राष्ट्रपतिले अस्वीकार गरेको उनको जिकिर थियो।

अर्का अधिवक्ता ईश्वरी भट्टराईले वर्तमान संविधानमा प्रधानमन्त्रीको चयन संसद्ले भन्दा राष्ट्रपतिले गर्ने व्यवस्था भएकाले संसद्मा जानुपर्छ भनी आएको तर्क गैरसंवैधानिक भएको जिकिर गरे। संवैधानिक राष्ट्रपतिले गरेका कामहरूका बारेमा अदालतमा मुद्दा नलाग्ने व्यवस्था राष्ट्रपतिको पारिश्रमिक र सुविधा ऐनको दफा १६ मा रहेको उनले बताए। ‘सबै नागरिकले प्राकृतिक न्यायिक सिद्वान्त पाउने तर, राष्ट्रपतिले नपाउने हुँदैन,’ उनले भने, ‘प्रतिनिधि सभा विघटन बदर भए पनि केपी शर्मा ओलीको वा शेरबहादुर देउवा दुवैको पक्षमा बहुमत पुग्दैन।’

अदालतले निर्दलीयतातर्फ लैजाने व्याख्या गर्न नमिल्ने उनको जिकिर थियो। उनीपछि बहसका लागि अधिवक्ता भोजराज आचार्यले समय पाए। आचार्यले सत्ता कब्जा वा राष्ट्रपति शासन लगाउन लागिएको नभई निर्वाचनमा जान लागेकाले रिट खारेज हुनुपर्ने जिकिर गरे। उनले संविधानको धारा ७६ (५) अनुसार दाबी गर्न शेरबहादुर देउवाको गठबन्धनले एमाले सांसदहरूको बौद्विक अपहरण गरेको आरोप लगाए।

एमालेको आफ्नै सिद्धान्त भएको भन्दै उनले एमालेको सांसद मात्र होइन, पार्टी चुनाव लडेर जितेको दाबी गरे। उनले एमालेको सूर्य चिन्ह ‘ट्रेडमार्क’ भएको तर यसको बौद्धिक चोरी र यसको पनि अपहरण भएको जिकिर गरे।

Ncell 2
Ncell 2

उनीपछि बहसका लागि प्रधानमन्त्रीका कानुनी सल्लाहकार बाबुराम दाहाल उपस्थित भए। दाहालले धारा ७६ (५) राष्ट्रपतिको विशेष अधिकार भएको दाबी गरे। अदालतबाट यो धाराको व्याख्या हुनुपर्ने अवस्था सिर्जना भएको तर संविधानले दिएको अधिकार छेक्नेगरी व्याख्या गर्न नहुने उनले जिकिर गरे।

अब हुने व्याख्या अबदेखि लागू हुने उनको भनाइ थियो। उनले यसअघिकोमा लागू नहुने भन्दै विघटन र कारबाही सबै सदर हुनुपर्ने तर्क गरे। दाहालले राष्ट्रपति विपक्षी नभएकाले परमादेश जारी हुन नसक्ने दाबी गरे। प्रधानमन्त्री ओलीले रहरले नभई बाध्यात्मक रूपमा प्रतिनिधि सभा विघटनको सिफारिस गरेको उनले बताए। 

दाहालपछि अधिवक्ताहरू सीपी रेग्मी, बलबहादुर राई, शान्तीदेवी खनाल, विष्णुमाया भुसाल र अनन्तराज लुइँटेलले बहस गरे। प्रधानमन्त्री ओलीका कानुन व्यवसायीले एउटै जस्तो तर्क दोहोर्याइरहेपछि प्रधानन्याधीशले पटक पटक नयाँ कुरा भन्न आग्रह गरेका थिए।

हालसम्म प्रधानमन्त्री ओलीका २१, सरकारी वकिल ११ र रिट निवेदकका तर्फबाट ३६ जनाले इजलासमा आफ्नो तर्क पेस गरेका छन्। मुद्दा आइतबारका लागि हेर्दाहेर्दैमा रहेको छ।

आइतबार सभामुखका कानुन व्यवसायीले बहस गर्ने छन्। उनीहरूको बहसपछि निवेदकका कानुन व्यवसायीले उठेका प्रश्नमा जवाफ दिने छन्। त्यसलगत्तै नेपाल बार र सर्वोच्च बारबाट सहभागी भएका एमिकस क्युरीले आफ्नो राय दिने छन्। यी सबै प्रक्रिया पूरा भएपछि सर्वोच्चले फैसला सुनाउनेछ।

प्रकाशित मिति: शुक्रबार, असार १८, २०७८  २२:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
टोङ्गा नजिक ७.६ म्याग्निच्युडको भूकम्प
नागरिकमैत्री सुरक्षा अभ्यासलाई प्राथमिकता दिन आईजीपी अर्यालको निर्देशन
हतास भएर राजीनामा दिएको थिइनँ : गगन थापा
सम्बन्धित सामग्री
हतास भएर राजीनामा दिएको थिइनँ : गगन थापा निर्वाचनपछि चुनावबारे पहिलोपटक मंगलबार केन्द्रीय कार्यसमितिलाई सम्बोधन गर्दै उनले हतारो र हतास भएर राजीनामा नदिएको बताएका हुन् । मंगलबार, चैत १०, २०८२
राजीनामा अस्वीकृत भएपछि मुस्कुराउँदै पार्टी कार्यालय पुगे सभापति थापा, यस्तो छ बैठकका ५ एजेन्डा यसअघि तीन दिनसम्म बसेको केन्द्रीय समिति बैठकले सभापति गगन थापाको राजीनामा अस्वीकृत सहित ६ बुँदे निर्णय गरेको थियो । मंगलबार, चैत १०, २०८२
आज गगन थापाको अध्यक्षतामा काँग्रेसको बैठक बस्ने दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने कार्यबाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिए । मंगलबार, चैत १०, २०८२
ताजा समाचारसबै
टोङ्गा नजिक ७.६ म्याग्निच्युडको भूकम्प मंगलबार, चैत १०, २०८२
नागरिकमैत्री सुरक्षा अभ्यासलाई प्राथमिकता दिन आईजीपी अर्यालको निर्देशन मंगलबार, चैत १०, २०८२
हतास भएर राजीनामा दिएको थिइनँ : गगन थापा मंगलबार, चैत १०, २०८२
राजीनामा अस्वीकृत भएपछि मुस्कुराउँदै पार्टी कार्यालय पुगे सभापति थापा, यस्तो छ बैठकका ५ एजेन्डा मंगलबार, चैत १०, २०८२
रवि लामिछानेविरुद्धको रिटमा सर्वोच्चमा आज पनि सुनुवाइ मंगलबार, चैत १०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज पनि घट्यो सुनको मूल्य मंगलबार, चैत १०, २०८२
नयाँ सांसदहरू नेपालीबाहेकका भाषामा पनि शपथ लिँदै, कसको रोजाइ के सोमबार, चैत ९, २०८२
होर्मुज स्ट्रेट सधैँका लागि बन्द गरिदिने इरानको चेतावनी सोमबार, चैत ९, २०८२
रवि लामिछानेको रिट ‘हेर्दाहर्दै’मा सोमबार, चैत ९, २०८२
राजीनामा अस्वीकृत भएपछि मुस्कुराउँदै पार्टी कार्यालय पुगे सभापति थापा, यस्तो छ बैठकका ५ एजेन्डा मंगलबार, चैत १०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
नेविसंघको नीतिगत निर्णय : कांग्रेससँग सम्वन्धविच्छेद, भातृसंस्थाका रुपमा नरहने शुक्रबार, चैत ६, २०८२
रवि लामिछानेको अभिव्यक्तिप्रति बाबुराम भट्टराईको टिप्पणी- फलेको हाँगो निहुरिन्छ भन्ने झल्कियो बुधबार, चैत ४, २०८२
रवि लामिछानेको अभियोग पत्र संशोधन सम्बन्धी मुद्दामा बहस सकियो, न्यायाधीशहरू आदेश तयार पार्न छलफलमा मंगलबार, चैत ३, २०८२
राष्ट्रिय मान्यता प्राप्त ६ दलमध्ये २ दलले प्रमुख सचेतकको सुविधा नपाउने आइतबार, चैत ८, २०८२
इजरायलमा इरानको भीषण हमला, नेतन्याहू भन्छन्- आजको रात निकै कठिन आइतबार, चैत ८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्