काठमाडाैं– अमेरिकाले परमाणु हतियारको दौडका कारण अस्थिरता पैदा हुने जोखिम बढ्ने भन्दै न्यूनीकरणको लागि चीनलाई वार्तामा बस्न आग्रह गरेकाे छ।
हालैमात्र वासिङटन पोस्टमा प्रकाशित एक रिपोर्टमा चीनले उत्तर-पश्चिमी सहर युमेनमा परमाणु मिसाइल राखेको उल्लेख थियो। उक्त रिपोर्टमा मिसाइल भण्डारणको लागि चीनले एक सयभन्दा धेरै गोदाम बनाइरहेको उल्देख गरेकाे छ।
रिपाेर्ट सार्वजनिक भएसँगै अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले चीनलाई वार्तामा बस्न आग्रह गरेका हुन्।
यो रिपोर्टको विषयमा बोल्दै प्राइसले भने, ‘ क्यालिफोर्नियास्थित ग्रुप द जेम्स मार्टिन सेन्टर फर नन प्रोलिफरेसन स्टडिजको एक अध्यय र यस किसिमको घटनाक्रमले के संकेत गर्छ भने चीनको परमाणु हतियार यसअघि सोचेभन्दा धेरै तीव्र गतिमा बढ्नेछ। यो चिन्ताको विषय हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।