काठमाडाैं– शिक्षक भर्ती घोटालामा १० वर्ष जेल सजाय सुनाइएका हरियाणाका पूर्वमुख्यमन्त्री ओमप्रकाश चौटाला रिहा भएका छन्।
तिहाड जेल अधिकारीहरूका अनुसार ८६ वर्षिय चौटालालाई शुक्रबाट रिहा गरिएकाे हाे। चौटालालाई सन् २०१३ मा जेल सजाय सुनाइएको थियो।
दिल्ली सरकारले गत महिना कोरोना महामारीलाई ध्यानमा राख्दै राज्यको जेलहरुमा भीड कम गर्न १० वर्ष सजाय पाएर साढे ९ वर्ष जेल जीवन बिताइसेकालाई रिहा गर्न आदेश दिएकाे थियाे।
अधिकारीका अनुसार चौटालाले ९ वर्ष ९ महिना सजाय पूरा गरिसकेका छन्। त्यसैले उनीहरुलाई रिहा गरिएकाे हाे।
कोरोना महामारीलाई ध्यानमा राख्दै उनलाई २ मार्च २०२० मा आपत्कालीन प्यारोलमा रिहा गरिएको थियो। २० फेब्रुअरीमा उनी पुन: जेल फर्किएका थिए।
तर, उच्च अदालतको आदेशपछि चौटालाको प्यारोल अवधि बढाइएकाे थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।