काठमाडाैं- संयुक्त अरब इमिरेट्स (युएई) नेपालसहित १४ राष्ट्रका यात्रीहरूलाई आफ्नो देश प्रवेशमा लगाइएकाे प्रतिबन्ध थप गरेकाे छ।
काेराेना महामारीका कारण गत महिनाको अन्त्यमा यूएईले विभिन्न १४ राष्ट्रका यात्रीहरूलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएको थियो। उक्त प्रतिबन्धलाई यही जुलाई २१ सम्म विस्तार गरेको हाे।
यूएईको नागरिक उड्डयन प्राधिकरणलेएक सूचनामार्फत् लाइबेरिया, नामिबिया, सियरा लियोन, प्रजातान्त्रिक गणतन्त्र कङ्गोे, युगान्डा, जाम्बिया, भियतनाम, भारत, बंगलादेश, श्रीलङ्का, नाइजेरिया र दक्षिण अफ्रिका तथा नेपालबाट हुने उडान जुलाई २१ को राति १२ बजेसम्मका लागि हवाई यात्रामा प्रतिबन्ध लगाइएको जानकारी गराइएको छ।
यो प्रतिबन्ध कार्गो उडान, व्यापारिक तथा चार्टर उडानहरूलाई बाध्यकारी नहुने बताइएको छ। यता, सरकारले आफ्ना विदेशमा रहेका नागरिकलाई पूर्व स्वीकृतिपछि मात्रै स्वदेश फर्किन वा विदेश जान आग्रह गरेको छ।
परराष्ट्र मन्त्रालय र राष्ट्रिय प्रकोप तथा विपद् व्यवस्थापन प्राधिकरणले यात्राको मौसम शुरू भएपछि नागरिकहरूले कोराेनासम्बन्धी सबै सावधानी र रोकथामका उपायहरू पालना गर्नु आवश्यक रहेको बताएको ‘द एक्सप्रेस ट्रिब्यून’ले जनाएकाे छ।
युएईका अधिकारीका अनुसार युएईका नागरिकहरूलाई उनीहरूको यात्राको क्रममा काेराेना संक्रमण पुष्टि भएमा देशले लागू गरेको सबै निर्देशन तथा स्वास्थ्य नियमहरूको पालना सुनिश्चित गर्नका लागि अलग्गै बस्नुपर्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।