काठमाडाैं- अष्ट्रेलियालीसरकारले काेराेना माहामारी बढेसँगै अन्य देशबाट आउने यात्रुकाे संख्या आधा कटौती गर्ने भएकाे छ। नयाँ नियम अनुसार १४ जुलाईदेखि अष्ट्रेलियाले अब हप्तामा तीन हजार यात्रुलाई मात्र प्रवेश गर्न दिनेछ।
यो नियम अर्को वर्षसम्म लागू हुने जनाइएकाे छ। अष्ट्रेलियामा कोरोना संक्रमणको गति बढेको छ। जसका कारण यस हप्ता देशको लगभग आधा जनसंख्या क्वारेन्टिनमा बसेका छन्।
यद्यपि, यस घोषणापछि अष्ट्रेलियाका मानिसहरु जो विदेशमा बस्दै आएका छन् र उनीहरुका परिवारबाट टाढा रहेका छन्। तर, प्रधानमन्त्री स्कट मोरिसनले विदेशी यात्रुलाई राेक लगाउने नियमले देशको क्वारेन्टिन प्रणालीमा दबाब कम गर्ने बताएका छन्।
अष्ट्रेलिया आएका यात्रु होटल क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने छ। तर, देशमा धेरै स्थानमा हाेटेलबाटै काेरोना संक्रमण फैलिएको बताइएको छ।
अष्ट्रेलियाली सरकारले अर्काे वर्षसम्म पूराै नागरिकलाई काेराेनाविरुद्धकाे खाेप दिने लक्ष्य राखेकाे छ। त्यही भएर सरकारले सीमा नाकामा कडाइ गर्दै आएकाे छ।
यद्यपि, मोरिसन सरकारले गत वर्षदेखि आफ्नो सीमा नीतिहरूको आलोचना सामना गरिरहेको छ। यी नीतिहरूका कारण परिवारहरू छुट्टिएका छन् र धेरै अष्ट्रेलियालीहरूलाई स्वदेश फर्कन पाएका छैनन्।
लगभग ३७ हजार अष्ट्रेलियालीहरु विदेशमा बसोबास गर्छन्। अप्रिलमा अष्ट्रेलिया सरकारले भारतबाट आउने नागरिकहरूलाई प्रवेशमा प्रतिबन्ध लगाएकाे थियाे। त्यस समयमा भारतमा कोरोना संक्रमणकाे दाेस्राे लहर चलिरहेको थियो र संक्रमणको घटना तीव्र गतिमा बढिरहेकाे थियाे।
यस निर्णयकाे आलोचना भएपपछि मोरिसन सरकारले आफ्नो निर्णय परिवर्तन गरेकाे थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।