काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी एकताको जिम्मेवारी आफूलाई दिन आग्रह गरेका छन्।
शुक्रबार बालुवाटारमा जारी केन्द्रीय कमिटी बैठकमा उपाध्यक्ष गौतमले आफूलाई पार्टी एकताको जिम्मेवारी दिन अध्यक्ष केपी शर्मा ओलीसँग आग्रह गरे।
'मलाई पार्टी एकता गर्ने जिम्मा दिनुस्। पार्टी एकता गर्छु। वामपन्थी एकता गर्छु' उनले भने, पार्टीलाई पहिलेकै ठाउँमा फर्काउँछु।' निर्णय गर्दा एक्लै गर्ने हो भने कम्युनिस्ट हुन नसकिने उनको भनाइ थियो।
नेता गौतमले पार्टी एकताका लागि दुई दिनको समय दिएर नहुने बताए।
'पार्टी एकताका लागि तपाईं लाग्नुपर्छ, धैर्य गर्नुपर्छ' बैठकमा ओलीलाई उनले भने, 'एकताका लागि हुन्छ भने हुन्छ, हुन्न भने ठोकिन्छ भनेर हुँदैन। दुई दिनको समय भनेर नभनौं। म आइसकेको छु, पार्टी एकता गर्नु पर्छ, मेरो सुझाव ग्रहण गर्नुस्।'
एमालेको केन्द्रीय कमिटी बैठक बालुवाटारमा बसिरहेको छ। बैठकमा वरिष्ठ नेता माधव कुमार नेपाल पक्षको सहभागीता छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।