काठमाडौं- प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन एमालेकै सांसदहरूले हस्ताक्षर गर्नु गम्भीर अपराध भनेका छन्।
शुक्रबार प्रधानमन्त्रीनिवास बालुवाटारमा जारी एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओली एमाले वरिष्ठ नेता माधवकुमार नेपालप्रति आक्रामक रुपमा प्रस्तुत भए।
'कांग्रेसकाे नेतृत्वमा कम्युनिस्ट बलियाे बनाउने, प्रचण्डको नेतृत्वमा लाेकतन्त्र बलियाे बनाउने?', ओलीले प्रश्न गरे। उनले नेता नेपाल पार्टी कब्जा गरेर इमान्दा। नेता कार्यकर्तालाई मसला पिसेझैं पिस्ने नियतमा रहेको बताए।
'मेरा साना दु:खले आर्ज्याकाे भनेकाे छैन। एमाले बनाउन धेरैकाे त्याग तपस्या छ। अनुशासनलाई स्वतन्त्रता ठान्ने, अराजक हुने हाेइन। या सानाे कुरा हाे?', ओलीले भने, 'पार्टीभित्र संघर्ष हाेइन, एकता गर्नुपर्छ। दुईजना भेट्याे कि दुई लाइनकाे संघर्ष? यस्ताे पनि हुन्छ ? वैचारिक एकतामा जाेड दिऊँ। तथ्यहरू अघि राखाैं।'
उनले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्नु गल्ती थियो भनेर स्वीकार गर्नुपर्ने बताए। 'केशरजंगसँग पुष्पलालले किन एकता गरेनन्? केशरजंगसँग त बहुमत नै थियाे। कब्जामा थियाे। उनले राजाकाे पाउमा चढाए। उनी सकिए। नीति गलत भएपछि सकिन्छन्', ओलीले भने, 'पार्टीकाविरूद्ध मुद्दा हाल्ने कुरा कसरी सही हुन्छ? यसलाई पनि गल्ती नस्वीकार्ने?'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।