काठमाडौं- नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको फोन उठाउनै मन नलाग्ने बताएका छन्। बिहीबार साँझ ओलीसँग भएको फोन संवादमा नेपालले यस्तो भनेका हुन्।
शुक्रबार दिउँसो बालुवाटारमा जारी एमाले केन्द्रीय कमिटी बैठकमा ओलीले नेपालसँगको फोन संवादबारे जानकारी दिँदै यस्तो भनेका हुन्।
'मैले भेटौं भनेर हिजो बेलुकी माधवलाई फोन गरें। २०-२५ मिनेट कुरा गरें। भेटौं भन्दा उहाँले मान्नुभएन। मलाई तपाईंको फोन नै उठाउने मन थिएन, साथीहरूको दबाबले मात्र उठाएको हुँ भन्नुभयो', ओलीले सुनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।