काठमाडौं- लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार विकास राज्यमन्त्री सुमन शर्मा रायमाझीले पदबाट राजीनामा दिएकी छन्।शुक्रबार रायमाझीले मुख्यमन्त्रीसमक्ष राजीनामा बुझाएकी हुन्।
मुख्यमन्त्री शंकर पोखरेललाई आफ्नो दल जनता समाजवादी पार्टीको समर्थन नरहेकोले पार्टीको समर्थन र सहयोग बिना सरकारमा रही निरन्तरता दिन नसक्ने भएकाले पदबाट राजीनामा गरेको उनले पत्रमा उल्लेख गरेकी छिन्।
जसपा अध्यक्ष उपेन्द्र यादव पक्षमा रहेकी रायमाझी केही समय अघि अर्का अध्यक्ष महन्थ ठाकुर पक्षमा लागेर राज्यमन्त्री बनेकी थिइन्। तर पुन: यादव पक्षमा फर्कदै उनले मन्त्रीबाट राजीनामा दिएकी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।