काठमाडौं- नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले एमाले आधा-आधा विभाजित रहेको बताएका छन्। उनले एमालेलाई नमिलाउने हो भने सबै सिद्धिने बताए।
'हिजो निर्वाचन हुँदा माधव कमरेडका जम्मा ९ जना कम थिए, अहिले पनि अवस्था उस्तै छ। एमाले आधा-आधा विभाजित छ। वार्ता कमिटी बनाएपछि बीचैमा छाड्नुहुन्न। सार्थक निष्कर्षमा पुर्याउनुपर्छ। अन्यथा हामी सबै समाप्त हुन्छौं', वामदेवले भने।
उनले आफूले अहिलेसम्म मित्रघात नगरेको दाबी पनि गरे। 'मैले जे भनिरहेको छु, यो हाम्रो हितमा छ, व्यक्तिगत रूपमा ओलीका पक्षमा छ', वामदेवले थपे।
गाैतमले मुख्य नेतालाई अपमान गरेर एकता नहुने बताए। 'मुख्य नेतालाई सम्मानजनक व्यवहार गरिएन भने तलको पंक्ति भड्किन्छ। मुख्य नेतालाई अपमान गरेर एकता हुँदैन। हतार गर्नुहुन्न, माधव नेपालसहितको एकता हुनुपर्छ', गाैतमले भने।
यसैबीच, गाैतमले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधामन्त्री बनाउन हस्ताक्षर गर्ने काम भने गलत भएको बताए। 'म भएको भए पार्टीबाट राजीनामा दिएर मात्रै देउवाका पक्षमा हस्ताक्षर गर्ने थिएँ', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।