काठमाडौं- नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई दिनभित्र हस्ताक्षर फिर्ता लिन वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय निवर्तमान सांसदलाई निर्देशन दिएका छन्।
पार्टी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्ने क्रममा उनले उक्त निर्देशन दिएका हुन्। नेपाल पक्षका २३ जना सांसदले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने गरी सर्वोच्च अदालतमा दायर मुद्दामा हस्ताक्षर गरेका छन्।
उनीहरुलाई दुई दिनभित्र हस्ताक्षर फिर्ता लिएर एकताको वातावरण बनाउन निर्देशन गरेका हुन्। उनले एमालेको एकता नै अहिलेको प्राथमिकता रहेको साे अवसरमा बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।