काठमाडौं- प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको एकता नै अहिलेको प्राथमिकता रहेको बताएका छन्।
शुक्रबारको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्ने क्रममा ओलीले आजको प्रमुख आवश्यकता नेकपा (एमाले) को एकता रहेको बताएको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए।
उनले भने, 'उहाँले एकतामा जोड दिएर हो चि मिन्हलाई उदृत गर्दै भन्नुभएको छ- पहिलो आवश्यकता एकता, दोस्रो आवश्यकता एकता र तेस्रो आवश्यकता एकता।’
त्यसका लागि आफूले सार्थक पहल गरिरहेको र चाँडै परिणाम निस्किने अपेक्षा ओलीले गरेका छन्। सम्बोधनका क्रममा उनले भने, 'आशा गरौं- छिट्टै यसले परिणाममुखी निकास निकाल्नेछ र नेकपा (एमाले) लाई एकताबद्ध रूपमा पुनर्स्थापित गर्नेछ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।