काठमाडौं- प्रतिनिधि सभा विघटन मुद्दामा सभामुख अग्निप्रसाद सापकोटाका कानुन व्यवसायीले दुई घण्टा समय पाएका छन्। यसअघि उनीहरूलाई डेढ घण्टा समय दिने भनिएको थियो।
शुक्रबार सभामुखका कानुन व्यवसायीले यसअघि निर्धारित समय अपुग हुने भन्दै दुई घण्टा समय दिन आग्रह गरेका थिए। सभामुखका तर्फबाट उपेन्द्रकेशरी न्यौपाने, लव मैनाली, श्याम खरेल मेघराज पोखरेल र श्रीकृष्ण सुवेदीले बहस गर्दै छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीका वकिलहरुको बहस भने सकिएको छ। अब आइतबार सभामुखका कानुन व्यवासायीले बहस गर्नेछन्। त्यसपछि सर्वाेच्च बार र नेपाल बारबाट झिकाइएका एमिकस क्युरीले राय दिनेछन्। उनीहरूलाई पनि दुई घण्टा समय दिइएको छ।
त्यसपछि रिट निवेदकका तर्फबाट जवाफी बहस हुनेछ। यसका लागि ३ घण्टा समय दिइएको छ। प्रधानमन्त्री ओलीका तर्फबाट २१ कानुन व्यवसायीले बहस गरेका छन्। सरकारी वकिल ११ र रिट निवेदकका तर्फबाट ३६ कानुन व्यवसायीले बहस गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।