काठमाडौं- प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतमलाई फेरि आयो, गयो नहोस् भन्दै व्यङ्ग्य गरेका छन्।
नेकपा एमाले ब्युँतिएपछि पहिलोपटक बैठकमा गएका गौतमलाई ओलीले यस्तो व्यङ्ग्य गरेका हुन्।
गौतमलाई बैठकमा स्वागत गर्दै ओलीले भने, ‘अलिक लामो समयपछि बैठकमा आउनुभएका उपाध्यक्ष कमरेडलाई हार्दिक स्वागत छ। यो फेरि आयो, गयो नहोस्।’
गौतम नेकपा एमालेको नवौं महाधिवेशनबाट निर्वाचित उपाध्यक्ष हुन्। २०७७ फागुन २३ गते सर्वोच्च अदालतले एमाले ब्युँताएपछि उनी ओली र वरिष्ठ नेता माधवकुमार नेपाल दुवै पक्षका कार्यक्रममा अनुपस्थित रहँदै आएका थिए।
नेकपा एमालेको केन्द्रीय कमिटी बैठक शुक्रबार बालुवाटारमा शुरु भएको छ। बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष भने सहभागी भएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।