काठमाडौं- प्रधानमन्त्रीनिवास बालुवाटारमा जारी नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकमा उपाध्यक्ष वामदेव गाैतम पनि सहभागी भएका छन्। उनलाई उपाध्यक्षकै हैसियतमा बैठकमा सहभागिताका लागि पत्र पठाइएको थियो।
एमाले २०७५ जेठ २ मा फर्किने र त्यहीँ अनुसारको कमिटी बैठक राख्ने भनेकाले गौतम सहभागी भएका उनका स्वकीय सचिव दीपक टमाटाले बताए।
बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सहभागी भने सहभागी भएकाे छैन। अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता नेपाललाई शुक्रबार बिहान टेलिफोन गरि बैठकमा सहभागी भएर आफ्ना कुराहरु राख्न आग्रह गरेका भएपनि नेता नेपाल पक्ष बैठकमा सहभागी भएन।
बैठकअघि नेपाल पक्षका नेताहरू सुरेन्द्र पाण्डे, गोकर्ण विस्ट र भीम आचार्यले बालुवाटार पुगेर ओलीसँग भेटवार्ता गरेका थिए। उनीहरूले ओलीसँग एकता कार्यदल ब्युँताउने प्रस्ताव गरेका थिए।
उक्त कार्यदलसँग अध्यक्ष ओली र प्रधानमन्त्री नेपाल पनि बसेर वार्ता गर्न उनीहरुले आग्रह गरेका छन्। जवाफमा प्रधानमन्त्री ओलीले आफूले निकटस्थसँग छलफल गर्ने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।