काठमाडौं- नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बालुवाटारमा सुरु भएको छ। शुक्रबार ११ बजेका लागि बोलाइएको बैठक केही ढिला गरि सुरु भएको हो।
बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सहभागी भएको छैन भने उपाध्यक्ष वामदेव गौतम बैठकमा सहभागी भएका छन्।
अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता नेपाललाई शुक्रबार विहान टेलिफोन गरि बैठकमा सहभागी भएर आफ्ना कुराहरु राख्न आग्रह गरेका भएपनि नेता नेपाल पक्ष बैठकमा सहभागी भएन।
एमाले अध्यक्ष ओलीपक्षको महाधिवेशन आयोजक कमिटीको बुधबारको बैठकले आयोजक कमिटी भंग गर्ने र साविकको केन्द्रीय कमिटी ब्युँताउने निर्णय गरेको थियो।
ओलीपक्षले यो केन्द्रीय कमिटी २०७५ जेठ २ को अवस्थाकै भएको दाबी गरेको छ। तर, त्यसमा माओवादीबाट आएका नेताहरुलाई समेत समावेश गरिएकाले नेपालपक्षले जेठ २ मा फर्केको भन्न नमिल्ने जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।