फाइल तस्वीर।
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीका कानुन व्यवसायी भाेजराज आचार्यले प्रधानमन्त्री ओलीले सत्ता कब्जा गर्न नभई निर्वाचन गर्न लागेको तर्क गरेका छन्।
प्रतिनिधि सभा विघटन मुद्दामा शुक्रबार सर्वाेच्च अदालतको संवैधानिक इजलासमा बहस गर्ने क्रममा उनले ओलीले सत्ता कब्जा वा राष्ट्रपति शासन लगाउन लागेको नभई निर्वाचन गर्न लागेकाे बताएका हुन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमालेका सांसदहरूको हस्ताक्षर लिएर प्रधानमन्त्रीमा दाबी गर्नु जानु बाैद्धिक अपहरण भएको आचार्यको दाबी छ।
'एमालेकाे आफ्नै सिद्वान्त छ। एमालेकाे सांसद मात्र हाेइन पार्टीले चुनाव लडेर जितेकाे हाे। सूर्य चिन्ह एमालेकाे ट्रेडमार्क हाे। यसकाे पनि अपहरण भयाे', आचार्यले तर्क गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।