काठमाडौं– सवैधानिक इजालसमा सुनुवाइ भइरहेको प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा आज सभामुख अग्नि सापकोटाका कानुन ब्यवसायीले बहस गर्दै छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीका वकिलहरुको बहस सकिएपछि सभामुख सापकोटाका वकिलको पालो आउनेछ।
सभामुख पक्षका वकिलहरुलाई बहसका लागि डेढ घण्टा समय छुट्याइएको छ। तर, वकिलहरुले समय नपुग्ने भन्दै थप समय माग गरेका छन्। बहसका लागि आफूहरुले २ घण्टा समय पाउनुपर्ने उनीहरुको भनाइ छ।
सभामुखका तर्फवाट उपेन्द्रकेशरी न्यौपाने, लव मैनाली, श्याम खरेल मेघराज पोखरेल र श्रीकृष्ण सुवेदीले बहस गर्दै छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।