काठमाडौं– नेकपा (एमाले)का उपाध्यक्ष बामदेव गौतम केन्द्रीय कमिटी बैठकमा सहभागी हुने भएका छन्।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्षको हैसियतमा बैठकमा बोलाएकाले गौतम बालुवाटार गएको उनको सचिवालयले जनाएको छ। उनलाई पार्टी उपाध्यक्षकै हैसियतमा बैठकमा सहभागिताका लागि पत्र पठाइएको थियो।
पार्टी २०७५ जेठ २ मा फर्किने र त्यहीँ अनुसारको कमिटी बैठक राख्ने भनेकाले गौतम सहभागी हुन लागेको उनका स्वकीय सचिव दिपक टमाटाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।