• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
लेख-विश्लेषण

जर्मन फुटबलमा जोचिम लोको १५ वर्ष : सफल प्रशिक्षक, निराशाजनक बिदाइ 

64x64
दीप सुवेदी शुक्रबार, असार १८, २०७८  ०८:०३
1140x725
तस्वीरः रोयटर्स

काठमाडौं– युरोकप २०२० अन्तर्गत गएको मंगलबार जर्मनी र इङ्ल्यान्डबीचको प्रि-क्वाटरफाइनल खेल धेरै रोमाञ्चक हुने आकलन थियो। तर, जर्मनीले अपेक्षा अनुसार प्रदर्शन गर्न सकेन। प्रभावशाली खेल देखाएको इङ्ल्यान्ड २–० ले विजयी हुँदै क्वार्टरफाइनल प्रवेश गरेपछि जर्मनी प्रतियोगिताबाटै बाहिरियो।

जर्मनी फुटबलको परम्परागत शक्ति हो। यसअघि यो देशले तीन पटक युरोकप र चार पटक विश्वकप जितिसकेको छ। हरेक युरोकप र विश्वकपमा दाबेदार मानिने जर्मनीलाई प्रशिक्षक जोचिम लोले १५ वर्ष नेतृत्व दिए।

तर, पछिल्लो समय जर्मनी लयमा थिएन। सन् २०१८ मा रुसमा भएको विश्वकपमा त समूह चरणबाटै बाहिरिएको थियो। उक्त विश्वकपमा कमजोर मानिएको दक्षिण कोरियासँग समेत पराजय व्यहोरेको थियो जर्मनीले। प्रशिक्षक लो नेतृत्वको जर्मनी कुनै पनि ठूला प्रतियोगितामा समूह चरणबाट घर फर्किएको पहिलो पटक थियो।

त्यसको करीब तीन वर्षपछि भइरहेको युरोकपमा उपाधि दिलाएर टोलीबाट सुखद् विदाइ चाहन्थे, लो। उनले युरोकपअघि नै जर्मनीको प्रशिक्षकको रुपमा यो अन्तिम प्रतियोगिता हुने बताइसकेका थिए। तर, उनले इङ्ल्यान्डको वेम्बली रङ्गशालामा हुने फाइनलसम्म आफ्नो भूमिका निभाउन पाएनन्। त्यही रङ्गशालामा प्रि–क्वाटरफाइनलबाटै उनको बिदाइ भयो।

जर्मनी सन् १९६६ को विश्वकप यता पहिलोपल्ट कुनै ठूलो प्रतियोगिताको नकआउट चरणमा इंग्ल्याण्डसँग पराजित भएको हो। इङ्ल्यान्डले सो वर्ष विश्वकप फूटबलको उपाधि जित्दा फाइलनमा पश्चिम जर्मनीलाई नै पराजित गरेको थियो। 

उक्त फाइनल भने विवादित बनेको थियो। खेल २–२ को बराबरीमा अतिरिक्त समयतिर लम्बिएको खेलमा इङ्ल्यान्डका जेफ हस्र्टले गरेको प्रहार जर्मनीको क्रसबारमा लागेर तल झरेको थियो। सोभियत लाइन्सम्यान टोफिक बाखरामोभ र स्विस रेफ्री गटफ्रेड डेन्स्टले यसलाई गोलको मान्यता दिए। तर, के यो साँच्चै गोल थियो? उत्तर कोहीसँग पनि छैन।

वेम्बली रङ्गशालामा नै भएको उक्त फाइनल पश्चिम जर्मनीले ४–२ ले गुमाएको थियो। यही रङ्गशालामा दोस्रो पटक जर्मनी इङ्ल्यान्डसँग अर्को ठूलो प्रतियोगितामा पराजित हुँदा प्रशिक्षक जोचिम लोले घाउमा मल्हम लगाउन पाएनन्।

लोले सहायक प्रशिक्षकको रुपमा सन् २००६ मा जर्मनीको राष्ट्रिय टोली सम्हालेका थिए। तत्कालीन प्रशिक्षक जर्गेन क्लिन्सम्यानले सम्झौता नवीकरण गर्न नमानेपछि लो अघि बढे। त्यति बेला प्रशिक्षकको जिम्मेवारी उनको लागि अप्रत्याशित थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

जर्मनीले विश्व फुटबलमा सानदार प्रदर्शन गरिरहेको थियो। मुख्य अन्तर्राष्ट्रिय प्रतियोगितामा जर्मनीको उपस्थिति प्रभावशाली हुने गर्छ। जर्मनीले विश्व फुटबलमा कमाएको साख आफ्नो प्रशिक्षणकालमा पनि रक्षा गर्नु लोका लागि चुनौती थियो।

उनले जर्मन फुटबल संघसँग सधैं टीममा पूर्णताको माग गरिरहे। यसको प्रतिफल लगभग डेढ दशकभित्रै प्राप्त गरे। उनकै नेतृत्वमा जर्मनीले सन् २०१४ मा विश्वकपको उपाधि जित्यो। ब्राजिलमा भएको विश्वकप जित्दा जर्मनीले दक्षिण अमेरिकामा उपाधि जित्ने पहिलो युरोपियन टीमको कीर्तिमान पनि बनायो।

प्रशिक्षक लोले जर्मनीको टीममा ठूलो परिवर्तन गरेका थिए। उनले ‘सिनियर’ टोली बलियो बनाउन युवा टोलीलाई ‘एक्सपोज’ गराएका थिए। साथै सिनियर खेलाडीले पनि युवा खेलाडीलाई सहयोग गर्ने वातावरण बनाएका थिए।

त्यसअघि पनि उनी नेतृत्वको टोलीले विश्वकपमा प्रभावशाली प्रदर्शन गरेको थियो। जर्मनी सन् २०१० र २००६ को विश्वकपमा तेस्रो भएको थियो। युरोकपमा पनि सन् २००८ मा उपविजेता भएको थियो भने सन् २०१६ र २०१२ मा सेमीफाइनलसम्मको यात्रा गरेको थियो। तर, त्यो जर्मन टीम र यो जर्मन टीम तुलना गर्न नसक्ने अवस्था छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

जर्मन टीममा सन् २०१८ पछि समस्या देखिन थालेको हो। लो पनि यसलाई स्वीकार गर्छन्। उनी भन्छन्, ‘म प्रायः हारहरू बिर्सिन्न। मैले धेरै पाठ सिकेको छु। अहिले म निराश छु। यो निराशा केही समय रहने छ। यो यस्तो पीडा हो, जसलाई तत्काल बिर्सन सकिन्न।’

युरोकप छनोटमा एक खेल मात्रै हारेको जर्मनी शीर्ष स्थानमा रहँदै छनोट भएको थियो। यता, नोभेम्बर २०२० मा भएको नेशन्स लिगमा समेत जर्मनीलाई राम्रो गर्ने अवसर थियो। तर, त्यो अवसरलाई सदुपयोग गर्न सकेन। लाट्भियालाई ७–१ गोलले पराजित गरेको केही दिनपछि जर्मनी स्पेनसँग ६–० ले पराजित भयो। यो पराजय ९० वर्ष यता जर्मनीले भोगेको सबैभन्दा ठूलो थियो। त्यस वर्ष जर्मनी अस्ट्रियाको हातबाट ६–० ले नै पराजित भएको थियो।

त्यस बेला मिडियाले जर्मन टोलीको व्यापक आलोचना समेत गरे। तर, आलोचनाकै बीचमा लोले टोलीलाई सुधार गर्ने प्रयत्न भने जारी राखे। ‘जर्मन प्रशिक्षकका रूपमा मेरो १५ वर्षे कार्यकालमा स्पेनसँगको हार सबैभन्दा खराब दिन थियो,’ उनले भनेका छन्। 

त्यसपछि पनि उनले जर्मनीको टोलीलाई सुधारको प्रयत्न गरे। नाम चलेका थोमस मुलर, जेरोमी बोएटिङ र म्याट ह्यामल्स जस्ता खेलाडीलाई टीमबाट बाहिर राखे। युवा खेलाडीलाई मौका दिए। तर, उनको योजनाले काम गरेन। अनि मुलर र बोएटिङलाई फेरि टीममा बोलाउने दबाब बढ्यो। तर, मुलरको खेलबाट भने उनी सन्तुष्ट छैनन्। 

‘वेम्बलीमा भएको अन्तिम १६ को खेलमा टिमो वेर्नरले सुरुमै गोल गरेको भए, अथवा थोमस मुलरको प्रहारले पोस्टको दिशा लिएको भए अहिले यी सबै कथा बुन्नु पर्ने थिएन,’ उनले भनेका छन्।

वेर्नर प्रतिभाशाली खेलाडी हुन्। यसै वर्ष उनले इंग्लिस क्लब चेल्सीलाई  च्याम्पियन्स लिगको उपाधि जिताएका थिए। मुलर पनि उत्कृष्ट खेलाडी हुन्। उनले जर्मन क्लब बायर्न म्युनिकलाई छैठौं उपाधि जिताएका थिए। उनीहरु स्टार भए पनि मौकाको सदुपयोग गर्न नसक्दा हार ब्यहोर्नु परेको लो बताउँछन्।

उनी भन्छन्, ‘इंग्लिस टीमले प्राप्त पहिलो अवसरमै गोल गर्‍यो। हामीलाई गोलका दुई स्पष्ट अवसर प्राप्त भएका थिए, दुवैमा चुक्यौं। यति ठूलो खेलमा यस्ता अवसर विरलै आउँछन्। म मात्र होइन, पूरा टिम निराश छ,’ उनी भन्छन्। मुलरले अवसरको सदुपयोग गर्न नसक्नु नै जर्मनी खेलमा फर्कन नसक्नुको कारण भएको उनी बताउँछन्। 

यद्यपि, जाँदाजाँदै उनले भविष्यमा जर्मनीले राम्रो गर्ने बताए। उनका अनुसार टोलीमा म्यानुअल नुएर, जोश किमिच, सर्ज गनाब्री, लेरोए साने, थोमस मुलर र टोनी क्रुस जस्ता उत्कृष्ट खेलाडी छन्। त्यसैले जर्मनीले भविष्यमा उपाधि जित्ने उनको भनाइ छ।

जे भए पनि जर्मन फुटबल इतिहासमा एक सफल प्रशिक्षकका रूपमा चिनिने लोको बर्हिगमन भने उत्कृष्ट भएन। ‘सबै पृष्ठभूमिबीच पछिल्लो १५ वर्षमा जर्मन राष्ट्रिय फुटबल टीमलाई लिएर खुसी हुने ठाउँ धेरै छन्। यो अवधिमा मलाई साथ दिने ती सबै खेलाडीलाई धन्यवाद। अझ ती खेलाडीलाई बढी सम्झन्छु, जो अहिलेको टिममा छैनन्,’ उनले भने।

लोलाई अब हान्सी फ्लिकले प्रतिस्थापन गर्दैछन्। अब जर्मनी फर्केपछि उनी के गर्छन् भन्ने स्पष्ट छैन। ‘अहिले तत्काल केही निर्णय गर्न सक्ने अवस्था छैन। केही दिन विश्राम लिन चाहन्छु। त्यसपछि भविष्यबारे केही सोच्नेछु,’ उनले भनेका छन्।

नयाँ प्रशिक्षक हान्सी फ्लिकले जर्मनीलाई कहाँ पुर्‍याउँछन् हेर्न बाँकी नै छ। तर, लोले दिएको योगदानलाई भने जर्मन फुटबल समर्थकले कहिल्यै बिर्सन सक्ने छैनन्।

 

प्रकाशित मिति: शुक्रबार, असार १८, २०७८  ०८:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
कुशल भूर्तेल ‘ए’ टोलीमा अनिल साहको कप्तानीमा रहेको नेपाल ‘ए’ टोलीमा भुर्तेलसहित तृतराज दास, मयन यादव, पवन सर्राफ, दीपक डुम्रे, कुशल मल्ल, लोकेश बम, रशिद खान... सोमबार, साउन २५, २०८३
‘अन्डरडग’ जिरोना इतिहास कोर्ने बाटोमा, दिनसक्छ एउटा ‘सरप्राइज’ नतिजा ला–लिगाको सिजन २०२३/२४ को पहिलो १९ हप्ता सकिँदा जिरोनाले पाँच पटक शीर्ष स्थानको अग्रता बनाएको थियो। र, अहिले पनि रियल मड्रिडसँग समान... मंगलबार, पुस २४, २०८०
जनतासँग माओवादी अभियान : रूपान्तरणको सार्थक बहस हुन त यसअघि पनि केन्द्रीय महाधिवेशनमा पार्टी अध्यक्ष प्रचण्डले पार्टी बिग्रिएको र विघटन गर्दा हुने भनाइ राख्दै जनतामा फर्कनुपर्ने उद... बुधबार, भदौ २०, २०८०
ताजा समाचारसबै
राप्रपालाई नयाँ उचाइमा पुर्‍याउने गरी महाधिवेशन गर्न लिङ्देनको आह्वान मंगलबार, असोज २७, २०८३
भोटेकोशी बाढीपछि बेपत्ता अमेरिकी नागरिकहरूको खोजी र पहिचानका लागि अमेरिकाद्वारा धन्यवाद व्यक्त मंगलबार, असोज २७, २०८३
हुलाकलाई जनताको महत्त्वपूर्ण अंगका रूपमा विकास गर्छौँ: सञ्चार मन्त्री तिमिल्सिना मंगलबार, असोज २७, २०८३
परराष्ट्रमन्त्री खनाल र राजदूत सुकलालबीच नेपाल–दक्षिण अफ्रिका सम्बन्ध सुदृढ बनाउने विषयमा छलफल मंगलबार, असोज २७, २०८३
आईपीयूको महासभामा सहभागी भएर स्वदेश फर्किए सभामुख मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्