काठमाडौं- संकटबाट गुज्रिरहेको (नेकपा) एमालेका दुवै पक्षका दोस्रो तहका नेताहरू छलफलमा जुटेका छन्। एमाले एकताका लागि पहल गरिरहेका दुवै पक्षका नेताहरू फेरि छलफलमा जुटेका हुन्।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट सुवास नेम्वाङ, विष्णु पाैडेल र प्रदीप ज्ञवाली छलफलमा सहभागी छन्।
वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबाट घनश्याम भूसाल, योगेश भट्टराई, गोकर्ण विस्ट र भीम आचार्य छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।