काठमाडौं- नेकपा (माओवादी केन्द्र)का तर्फबाट राष्ट्रिय सभा सदस्य दिनानाथ शर्माले अहिलेको संविधान र प्रणाली प्रधानमन्त्रीय हो कि राष्ट्रपतीय भनेर प्रश्न गरेका छन्। बिहीबार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले संविधान र संविधानको सर्वाेच्चता नमान्दा अहिलेको राजनीतिक संकट आएको पनि बताए।
'हाम्रो प्रणाली संसद् र संविधानको सर्वोच्चता हो। संविधानलाई नमानेपछि संसद्लाई नमानेपछि संसद्लाई विघटन गर्दै हिँडेपछि संविधानका धाराको खिल्ली उडाएपछि उत्पन्न राजनीतिक संकट हो। राष्ट्रिय संकट हो। यो सबैभन्दा ठूलो संकट हो। यसले संविधान र लोकतन्त्र समाप्त पार्ने प्रतिगमनको कालो बादल मडारिएको छ', उनले भने।
उनले नेपालका दलहरुमा लोकतान्त्रिक चरित्र विकास नभएको बताए। 'लोकतन्त्र भनेको जप्ने माला होइन। यो व्यवहार र अभ्यास हो। लोकतन्त्र बलियो हुन पार्टीभित्रको लोकतन्त्र बलियो हुनुपर्छ', उनले भने, 'पार्टीभित्रको भिन्न मतलाई सम्मान गर्न सक्नुपर्छ। त्यसपछि भिन्न मतलाई सम्मान र आदर गर्न सक्नुपर्छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।