काठमाडाैं- इन्डोनेसियामा डेल्टा भेरियन्टका कारण कोरोना संक्रमण बढेसँगै सरकारले दुई शहरमा लकडाउन घोषणा गरेको छ।
इन्डोनेसियाली राष्ट्रपति जोको विडोडोले कोरोना संक्रमण बढेको भन्दै जाभा र बालीमा दुई साता लकडाउन घोषणा गरेका हुन्।
इन्डोनेसियामा होलिडे ट्राभल बढेसँगै अहिले दैनिक २० हजारभन्दा बढी संक्रमित इन्डोनेसियामा पहिचान हुँदै आएका छन्। त्यसैले संक्रमण संख्या आधा कम गर्न दुई हप्ताका लागि लकडाउन लागू गरिएको हो।
हाल जकार्ताबाहेक अन्य स्थानमा पर्याप्त मात्रामा संक्रमणको परीक्षण नभएको संक्रमितको संख्या बढ्नसक्ने विज्ञहरुले बताएका छन्।
लकडाउनको समयमा अत्यावश्यकबाहेकका सेवा दिन कर्मचारीहरुले ‘वर्क फ्रम होम’ गर्नुपर्नेछ।
विद्यालयमा स्वास्थ्य मापदण्ड पालना गराउनुपर्नेछ। सपिङ मल, पार्क, प्रार्थना स्थलहरु पनि बन्द रहने बीबीसीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।