काठमाडौं- राष्ट्रिय सभा बैठक सुरु भएको छ। बिहीबार अपराह्न ४ बजेपछि बैठक सुरु भएको हो। दोस्रो पटक प्रतिनिधि सभा विघटन भएपछि पहिलोपटक राष्ट्रियसभा बैठक बसेको हो।
बैठकको सुरुवातमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाइएको छ।
बिहीबारको बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री विष्णु पौडेलले बाढी पहिरो लगायत विपद् व्यवस्थापन बारे जानकारी दिने छन्। बैठकको अन्तिममा १७ जना पूर्व सांसदको निधनमा शोक प्रस्ताव पारित गरिने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।