काठमाडौं- प्रतिनिधि सभा विघटन मुद्दामा बिहीबारको बहस सकिएको छ। सर्वाेच्च अदालतको संवैधानिक इजलासमा जारी सुनुवाइ भोलि पनि निरन्तर रहेनछ।
भोलि पनि प्रधानमन्त्रीका कानुन व्यसायीले बहस सुरु गर्नेछ। बिहीबार प्रधानमन्त्रीका कानुन व्यवासायीले तीन घण्टा बहस गरे। अब उनीहरुले बहसका लागि एक घण्टा ३० मिनेट समय पाउनेछन्।
प्रधानमन्त्रीका कानुन व्यवसायीको बहसपछि सभामुखका कानुन व्यवसायीले बहस गर्नेछन्। उनीहरुलाई एक घण्टा समय दिइएको छ।
त्यसपछि सर्वाेच्च र नेपाल बारबाट झिकाइएका एमिकस क्युरीले राय दिनेछन्। उनीलाई २ घण्टा दिइनेछ। अन्त्यमा रिट निवेदकका तर्फबाट जवाफी बहस हुनेछ। यसका लागि उनीहरूलाई ३ घण्टा समय दिइनेछ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ ७ गते राति प्रतिनिधि सभा विघटन गरेकी थिइन्। जसविरुद्ध सर्वाेच्च अदालतमा परेको रिटमाथि गत बुधबारदेखि निरन्तर सुनुवाइ भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।