काठमाडौं– संसद विघटन गर्ने असंवैधानिक कदमविरुद्ध आन्दोलित ५ विद्यार्थी संगठनको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ।
बिहीबार काठमाडौंको प्रदर्शनीमार्गमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाउने क्रममा प्रहरीले ५ विद्यार्थी संगठनको आन्दोलनमा हस्ताक्षेप गरेको हो ।

नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु (एमालेको माधव पक्ष समर्थित), समाजवादी विद्यार्थी युनियन र अखिल छैठौंले बिहीबार प्रदर्शनमार्गमा विरोध प्रदर्शन गरेका छन्।

विरोध प्रदर्शनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाइएपछि प्रहरीले हस्तक्षेप गरेको हो। प्रहरीले पुत्ला जलाउने खोज्ने विद्यार्थीहरुमाथि पानीको फोहरा समेत प्रहार गरेको छ।




नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।